सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

यूरो २०२५ को फाइनलमा इङ्ग्ल्याण्डको ऐतिहासिक जीत, स्पेन पेनाल्टीमा पराजित

एजेन्सी, इङ्ग्ल्याण्डको महिला फुटबल टोलीले युरो २०२५ को उपाधि जित्दै इतिहास रच्‍न सफल भएको छ।

स्पेनविरुद्धको फाइनल खेलमा रोमाञ्चक पेनाल्टी सुटआउट जित्दै इंग्ल्यान्डले आफ्नो युरोपियन उपाधि रक्षा गर्‍यो।

वेम्ब्लीमा आइतबार भएको युरो २०२२ को फाइनलमा क्लोइ केलीले निर्णायक गोल गरेकी हुन् ।

राष्ट्रिय नायिका बनेकी क्लोइ केली पुनः नायिका बन्दै इङ्ग्ल्याण्डलाई जीत दिलाइन्।

स्पेनले लगातार तीन पेनाल्टी मिस गर्दा इङ्ग्ल्याण्डकी गोलकिपर हान्ना ह्याम्पटनले दुई पेनाल्टी बचाउन सफल भइन्।

साथै प्रशिक्षक सरिना वाइगम्यानले दुई फरक देशसँग लगातार तेस्रो युरोपियन उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एकको रूपमा प्रमाणित गरिन्।

स्पेनकी मरिओना काल्देन्टेले पहिलो हाफमा हेडमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्।

खेलको दोस्रो हाफमा घाइते देखिएकी लरेन जेम्सको स्थानमा मैदानमा आएकी क्लोइ केलीले खेलको मोड परिवर्तन गरिन्।

उनले दिएको क्रसमा एलेसिया रूसोले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याइन्।

त्यसपछि इङ्ग्ल्याण्डले बलियो रक्षात्मक खेल प्रस्तुत गर्दै खेललाई पेनाल्टीसम्म पुर्‍यायो।

अन्ततः उनीहरूले दबाबमा पनि उत्कृष्ट प्रदर्शन गर्दै पेनाल्टी सुटआउटमा जीत हासिल गरे ।

जुन इङ्ग्ल्याण्डको फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि बन्न पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *