स्वयम्भूमा गुँला पर्व सुरु, नेवारी समुदायद्वारा एक महिना लामो परम्परागत उत्सव प्रारम्भ

काठमाण्डू, आजदेखि काठमाडौंको स्वयम्भू क्षेत्रमा नेवारी समुदायले परम्परागत रूपमा मनाउने गुँला पर्व शुरु भएको छ।

एक महिनासम्म मनाइने यस पर्वमा धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिहरू आयोजना गरिन्छ।

गुँला पर्व विशेष गरी नेवार समुदायका बौद्ध अनुयायीहरूले विशेष श्रद्धाका साथ मनाउने गर्छन्।

यस अवधिमा स्वयम्भूमा पूजा, व्रत, धार्मिक गीत–संगीत र बौद्ध धर्मसम्बन्धी शिक्षण–प्रवचन हुने गर्दछ।

गुँला पर्वले समुदायमा आध्यात्मिक शुद्धता, आपसी सद्भाव र परम्पराको संरक्षण गर्ने सन्देश दिन्छ।

यो पर्व विशेष गरी नेवारी संस्कृति र बौद्ध परम्पराको महत्वपूर्ण अङ्गको रूपमा लिइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *