बिदा मनाउन परिवारै हिँडेको थियो चन्द्रागिरि, ५ जनालाई गुमाएर बाँचिन् डा. सृष्टि

काठमाडौ, शनिबार दिउँसो। बिदाको दिन। चन्द्रागिरिस्थित भालेश्वर मन्दिरको दर्शनका लागि काठमाडौँबाट निस्किएको थियो, डा. महेशकुमार गौतमको परिवार।

घुमघाम र दर्शनका लागि हिँडेका परिवारका ५ सदस्य मन्दिर पुग्न नपाई बीच बाटोमै अस्ताएका छन्।

श्रीमती डा. सृष्टि तिवारी गौतम, ६ वर्षीया छोरी, ४ वर्षीय छोरा र सासूससुरासहित शनिबार बिदा मनाउन हिँडेका थिए डा. गौतम।

डा. गौतमका सासु–ससुरा काठमाडौँ, मैतीदेवीका बासिन्दा हुन्। उनीहरू छोरी–ज्वाइँ र नातिनातिनासँग घुमघाममा जान पाउँदा निकै खुसी थिए।

तर, बाटैमा यो विपत्ति आइलाग्यो। दिउँसो झण्डै २ बज्न लाग्दा चन्द्रागिरि–४ स्थित हिमचुली सेतो पहरामा परिवार नै सवार कार दुर्घटना भयो।

प्रहरीका अनुसार, काठमाडौँबाट चित्लाङतर्फको सडकखण्डमा गाडी अनियन्त्रित भई ५ सय मिटर तल खसेको थियो।

दुर्घटनामा डा. गौतमसहित उनकी सासु ६४ वर्षीया कल्पना तिवारी, सुसरा ६७ वर्षीय ओमकार निधि तिवारी, छोरी स्मारिका गौतम र छोरा प्रियान्स गौतमको ज्यान गएको छ।

सोही दुर्घटनामा परेकी डा. गौतमकी श्रीमती सुष्टि भने सकुशल रहेको प्रहरीले जनाएको छ। डा.गौतमको परिवार भने काठमाडौँको लाजिम्पाटमा बस्दै आएको थियो।

महेशका श्रीमान्श्री/मती नै ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक हुन्।

जन्म दिने बुवा–आमा, कर्म दिने श्रीमान् र भविष्य बोकेका कलिला छोराछोरी आफ्नै आँखा अगाडि गुमाएर अस्पतालको बेडमा पुगेकी छिन्, डा.सृष्टि तिवारी गौतम।

घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शवहरू भने पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *