१२ दिनपछि सञ्चालनमा आयो रसुवागढी–स्याफ्रुबेसी सडक

रसुवा, चीनको लेन्दे खोलाबाट आएको भीषण बाढीले अवरुद्ध बनाएको रसुवागढी–स्याफ्रुबेसी सडक १२ दिनपछि पुनः सञ्चालनमा आएको छ।

गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलका अनुसार लिङलिङ र फ्याङलुङ खोलाबीच करिब दुईसय मिटर सडकको मर्मत तथा नयाँ निर्माण कार्य सम्पन्न गरेपछि आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो।

बाढीले स्याफ्रुबेसीदेखि रसुवागढीसम्मका कम्तिमा दश स्थानमा सडक कटान गरेको थियो।

दुबै दिशाबाट निरन्तर मर्मत कार्य अगाडि बढाउँदै अन्ततः ट्र्याक खुलाउने काम सफलतापूर्वक सम्पन्न गरिएको आयोजनाका प्रतिनिधिले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *