मुग्लिङमा गुडिरहेको कारमाथि ढुंगो खस्यो, ३ जना घाइते

चितवन, मुग्लिङ-नारायणगढ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

आइतबार दिउँसो सडकमा गुडिरहेको भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेतो रंगको कारमा पहराबाट खसेको ढुंगो बजारिएको हो ।

पहराबाट आएको ठूलो आकारको ढुंगो कारमा बजारिँदा कार क्षतिग्रस्त भएको छ भने पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन्।

उक्त कारमा पाँचजना सवार रहेको खुलेको छ।

पहराबाट आएको ढुंगो कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको हो । उक्त ढुंगाले लागेर घाइते भएकाहरूलाई अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *