एजेन्सी, इजरायली रक्षा बल आईडिएफले गाजाको खान युनिसस्थित एक सुरुङ ध्वस्त गरेको छ ।
विष्फोटक उपकरण भएको सो सुरुङ ध्वस्त गर्ने क्रममा केही आतंकवादीलाई पनि मारेको आईडिएफले शनिबार बिहान जनाएको छ ।
गाजाको उत्तरी क्षेत्रमा आक्रमण हुँदा २० जनाको मृत्यु भएको प्यालेस्टिनी न्यूज एजेन्सी वाफाले उल्लेख गरेको छ ।
गाजाको केन्द्रमा रहेको नुसीरतको उत्तरमा पर्ने अल–डावामा पनि दर्जनौं मानिस मारिएका छन् ।
इजरायली सेनाले अल मुराकामा २ रकेट लन्चर नष्ट गरेको बताएको छ । वेस्ट बैंकमा ३ प्यालेस्टिनी मारिएको छन् ।
इजरायली सेनाले अडोरास्थित इजरायली बस्तीमा घुसपैठ र आक्रमण गरेकोले आतंकवादी सखाफ गरेको जनाएको छ ।
शुक्रबार राति गाजाबाट इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरिएको थियो । लेबननसँग जोडिएको उत्तरी सिमानामा भने दोहोरो आक्रमण भएको इजरायली सेनाले बताएको छ ।
शनिबार बिहान भएको सो भिडन्तमा इजरायली हवाई बलले आतंकवादीको पूर्वाधरहरू नष्ट गरेको थियो ।