सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

इजरायली सेनाले गर्‍यो गाजाको सुरुङ ध्वस्त, उत्तरी क्षेत्रमा २० जनाको मृत्यु

एजेन्सी, इजरायली रक्षा बल आईडिएफले गाजाको खान युनिसस्थित एक सुरुङ ध्वस्त गरेको छ ।

विष्फोटक उपकरण भएको सो सुरुङ ध्वस्त गर्ने क्रममा केही आतंकवादीलाई पनि मारेको आईडिएफले शनिबार बिहान जनाएको छ ।

गाजाको उत्तरी क्षेत्रमा आक्रमण हुँदा २० जनाको मृत्यु भएको प्यालेस्टिनी न्यूज एजेन्सी वाफाले उल्लेख गरेको छ ।

गाजाको केन्द्रमा रहेको नुसीरतको उत्तरमा पर्ने अल–डावामा पनि दर्जनौं मानिस मारिएका छन् ।

इजरायली सेनाले अल मुराकामा २ रकेट लन्चर नष्ट गरेको बताएको छ । वेस्ट बैंकमा ३ प्यालेस्टिनी मारिएको छन् ।

इजरायली सेनाले अडोरास्थित इजरायली बस्तीमा घुसपैठ र आक्रमण गरेकोले आतंकवादी सखाफ गरेको जनाएको छ ।

शुक्रबार राति गाजाबाट इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरिएको थियो । लेबननसँग जोडिएको उत्तरी सिमानामा भने दोहोरो आक्रमण भएको इजरायली सेनाले बताएको छ ।

शनिबार बिहान भएको सो भिडन्तमा इजरायली हवाई बलले आतंकवादीको पूर्वाधरहरू नष्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *