भुटानको पोस्टमा नेपालको गोल वर्षा, मीना र पूर्णिमाको ह्याट्रिक

काठमाण्डू, साफ यू २० महिला च्याम्पियनसिपको खेलमा शनिबार नेपालले भुटानलाई हराएको छ ।

सहजै भुटानलाई पाखा लगाउने क्रममा बंगलादेशको ढाकामा भएको खेलमा नेपालले ८ गोल गर्‍यो ।

नेपालका लागि दुई खेलाडीले ह्याट्रिक गरे । पहिलो हाफमा नेपालले ६ गोल हानेको थियो भने दोस्रो हाफमा थप दुई गोल भयो ।

र, नेपालले गोल खाएन । यो जितसँगै आयोजक बंगलादेशलाई उछिन्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालले ५ खेलबाट १२ अंक पुर्‍याएको छ । एक खेल कम खेलेको बंगलादेशको पनि समान अंक छ ।

तर, गोलअन्तरमा नेपाल अगाडि छ । नेपालले ३० गोल गर्दा ४ गोल खाएको छ । बंगलादेशले भने १९ गोल गर्दै ४ गोल खाएको छ।

अब सोमबार नेपाल र बंगलादेशबीच हुने खेलको विजेताले उपाधि जित्नेछ । पहिलो हाफमै ६–० को अग्रता बनाएको नेपालका लागि पूर्णिमा राईले ह्याट्रिक पूरा गरिन् ।

उनले यस्तै पहिलो हाफमा दुई गोल गरेकी मिना देउवाले दोस्रो हाफमा थप एक गोल गरी ह्याट्रिक पूरा गरिन् । पहिलो हाफमै समीक्षा मगरले पनि एक गोल गरेकी थिइन् ।

नेपालले खेल सुरु भएको ४४ औँ सेकेन्डमै गोल गरी अग्रता लिएको थियो । मिना देउवाले ४४ औँ मिनेटमा सुन्दर गोल गरी खाता खोलेकी थिइन् ।

यस्तै खेलको नवौं मिनेटमा नेपालले अग्रता दोब्बर बनाउने क्रममा समीक्षाले गोल गरिन् । उनको प्रहार प्रहार क्रसबारमा लागेर भुटानकी गोलकिपरलाई टच गरी जाली चुमेको थियो ।

उत्कृष्ट लयमा देखिएकी मिनाले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल १२ औं मिनेटमा गरिन् ।

सुक्रिया मियाको प्रहारलाई भुटानकी गोलकिपरले रोके पनि रिबाउन्डमा मिनाले बललाई सही दिशा दिइन् ।

मिनाले खेलपछि पत्रकारहरूसँग कुरा गर्दै ह्याट्रि गरेकोमा खुसी व्यक्त गरिन् । उनले अब बंगलादेशसँग हुने खेलका लागि कडा मिहिनेट गर्ने बताइन् ।

गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पुर्णिमा राईले गोल गरिन् । यो गोलबाट नेपालले ४–० को अग्रता बनायो।

इन्जुरी समयको पहिलो मिनेटमा सरिताको फ्रिकिकमा गोल किपरले मिस जज गर्दा पुर्णिमाले हेडर गोल गरिन् ।

इन्जुरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरी ह्याट्रिक पूरा गरिन् ।

पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाल दोस्रो खेलमा आयोजक बङ्गलादेशसँग ३–२ गोल अन्तरले हारेको थियो ।

तेस्रो र चौथो खेलमा श्रीलंकालाई समान ७–०, ७–० गोल अन्तरले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *