कोशी र गण्डकी प्रदेशका भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाण्डू, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी प्रदेशका धेरै स्थानमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।

पूर्वानुमान महाशाखाले सम्भावित वर्षाका कारण डुबान, बाढी, भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम बढेको जनाएको छ ।

ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको महाशाखाको चेतावनी छ ।

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पुर्‍याउन सक्ने जनाइएको छ ।

हावाहुरीको आंशिक प्रभाव पनि पर्ने भएकाले सबै सरोकारवाला र सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *