चीन विरोधी भनेर चिनिने विलियम लाइ ताइवानको नयाँ राष्ट्रपतिमा निर्वाचित

एजेन्सी, ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले लगातार तेस्रो राष्ट्रपतीय जीत हासिल गरेको छ ।

दुई विपक्षी प्रतिद्वन्द्वीे दलले पराजय स्विकार्दै निर्वाचनको परिणामलाई आत्मसाथ गर्ने बताएका छन् ।

मतदाताहरुले भने चिनिया प्रभावलाई भन्दा पनि ताइवानको चाहनालाई मतदान मार्फत प्रकट गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिका रुपमा विजयी भएपछि विलियम लाईले समर्थकलाई सम्बोधन गर्दै भनेका छन् – “यो एक रात हो जुन ताइवानको हो ।

हामीले ताइवानलाई विश्वको नक्सामा राख्न सफल भयौं ’ । ताइपेईको सडकमा हजारौं उत्साही समर्थकलाई सम्बोधन गर्दै, नव निर्वाचित राष्ट्रपति विलियमले आफ्नो जितलाई लोकतन्त्रको विजयको रूपमा चित्रण गरेका छन् ।

विलियम लाइ चीन विरोधीका रुपमा चिनिन्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् ।

उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताए । अबको चार महिनापछि विलियमले मे १० तारिखमा ताइवानको राष्ट्रपतिको शपथ लिने छन् ।

ताइवानी मतदाताहरूले विलियम लाइलाई भावी राष्ट्रपतिको रूपमा चुनेसँगै चीनको प्रभावबाट मुक्त हुन खोज्ने ताइवानी बाटोलाई थप फराकिलो बनाएको विश्लेषणहरु हुन थालेका छन् ।

पछिल्लो परिणामले बेइजिङ्गलाई थप निराशा बनाएको छ । नवनिर्वाचित राष्ट्रपति विलियम चीन नीतिविरुद्ध कडा प्रतिवाद गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाखले मतदान गरेको बीबीसीले जनाएको छ ।

ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गरिरहदा आएको पछिल्लो परिणामलाई विश्वले नै चासोपूर्वक हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *