काठमाण्डू, साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो खेलमा जीत निकालेको छ ।
बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जीत निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्यो ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो ।
तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जीत निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।
