तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने साथै उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यसबाट हुन सक्ने असरबाट जोगिन अनुरोधसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *