बनेपा, सोमबार रातिदेखि अवरुद्ध भएको वीपी राजमार्ग सञ्चालनमा आएको छ ।
वर्षासँगै आएको लोदोका कारण अवरुद्ध भएको वीपी राजमार्ग मङ्गलबार बिहान ८ः३५ बाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सोमबार राति वर्षाका कारण वीपी राजमार्गअन्तर्गत रोसी गाउँपालिका–११ माम्ती, वडा नम्बर–९ पिन्थली र बिरुवाडाँडामा लेदो आई राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
इलाका प्रहरी कार्यालय मङ्गलटारको प्रहरीको सक्रियतामा सडक डिभिजन भक्तपुरको स्काभेटर, जेसीबिको सहायताले सडक पूर्ण रुपमा सञ्भालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
