माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,विधान संशोधनबारे छलफल हुने

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको सापकोटाले बताए ।

पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *