Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

युरोपेली संघ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

- shuvadmin / आइतबार, असार २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अगस्ट १ देखि युरोपेली संघ (ईयू) र मेक्सिकोबाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।

उनले यदि यी व्यापार साझेदारहरूले प्रतिशोधात्मक कदम चालेमा शुल्क अझ बढाउने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

ट्रम्पले युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनलाई पठाएको पत्रमा अमेरिकाको ईयूसँगको व्यापार सम्बन्धमा लामो समयदेखि रहेको ठूलो र निरन्तर व्यापार घाटा, उनीहरूको शुल्क र गैर(शुल्क नीति तथा व्यापार अवरोधका कारण उत्पन्न भएको उल्लेख गरेका छन्।

उनले यो सम्बन्ध ‘पारस्परिक’ नभएको पनि बताएका छन्। यदि ईयू वा मेक्सिकोले अमेरिकाविरुद्ध आफ्नै आयात शुल्क लगाएमा, ट्रम्पले त्यसको प्रतिक्रियामा ३० प्रतिशतभन्दा बढी समान प्रतिशतले शुल्क बढाउने चेतावनि दिएका छन्।

ईयू र मेक्सिकोका अतिरिक्त, ट्रम्पले यस हप्ता जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आउने वस्तुहरूमा पनि नयाँ शुल्कहरू अगस्ट १ बाटै लागू हुने घोषणा गरेका छन्।

यस्तै पत्रहरू केही साना अमेरिकी व्यापार साझेदारहरूलाई पनि पठाइएको छ।

ईयूले अगस्ट १ अघि नै वाशिंगटनसँग सम्झौता गर्ने आशा व्यक्त गरेको छ। ईयूले आफू खुला व्यापार र निष्पक्ष व्यापारिक अभ्यासहरूमा विश्वास गर्ने जनाएको छ।

भोन डेर लेयनले ईयू “अगस्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार रहेको” बताएकी छन्।

यद्यपि, उनले ईयूको हितको रक्षाका लागि आवश्यक भएमा “समानुपातिक प्रतिउपाय” अपनाउन पनि तयार रहेको स्पष्ट पारेकी छन्।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले ट्रम्पको घोषणाप्रति “कडा असहमति” व्यक्त गर्दै यदि कुनै सम्झौता नभएमा ईयूले “विश्वसनीय प्रतिउपायको तयारीलाई तीव्र पार्ने” सुझाव दिएका छन्।

इटालीका प्रधानमन्त्री जर्जिया मेलोनईले “निष्पक्ष सम्झौता” मा पुग्न सकिने विश्वास व्यक्त गर्दै एटलान्टिकका दुई किनारबीच व्यापार युद्ध सुरु गर्नुको कुनै अर्थ नभएको बताएकी छन् ।

नेदरल्याण्ड्सका प्रधानमन्त्री डिक स्कुफले ईयूले अमेरिकासँग “आपसी लाभदायी” सम्झौता गर्न “एकताबद्ध र दृढ” रहनुपर्ने बताएका छन्।

जर्मनीको अटोमोटिभ उद्योग संघले जर्मन कार निर्माता र आपूर्तिकर्ताहरूको लागि बढ्दो लागतको सम्भावनाबारे चेतावनी दिँदै “व्यापार द्वन्द्व थप बढ्ने खतरा हुनु दुर्भाग्यपूर्ण” रहेको जनाएको छ।

Page Views: 27
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama