द भ्वाइस अफ नेपाल ५ को उपाधि विनोद राईलाई

काठमाडौं, गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि विनोद राईले जितेका छन् ।

टिम मिलन नेवारबाट फाइनलमा प्रवेश गरेका उनले उपाधिसँगै २० लाख नगद प्राप्त गरेका छन् ।

दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको हो ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबार राति सम्पन्न फिनालेमा टिम राजेशबाट मकर बहादुर योन्जन फस्ट रनरअप बने ।

त्यस्तै टिम उदय सोताङबाट कुमार प्रयास राई सेकेण्ड रनरअप हुँदा टिम प्रमोदबाट नोगेन लिम्बू चौथो भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *