Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आफूनिकट नेता कारबाहीमा परेपछि डा. कोइराला पक्षले भन्यो – प्रतिवाद गर्छौँ

- shuvadmin / बिहिबार, असार २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले केन्द्रीय अनुशासन समितिले गरेको कारबाही पक्षपात, गुटप्रेरित र एक समूहलाई पाखा लगाउने उद्देश्यले भएको निष्कर्ष निकालेको छ ।

बिहीबार बिहानमा बसेको कोइराला पक्षको बैठकले सो निष्कर्ष निकालेको हो ।

अनुशासन समितिको असार ९ देखि १७ गतेसम्म बसेको बैठकले लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि अनुशासन कारबाहीको निर्णय गरेको थियो ।

यो निर्णय हुँदा पार्टीको केन्द्रीय कार्यसमिति बैठक पनि चलिरहेको थियो । कारबाहीमा पर्ने अधिकाशं नेता कोइराला पक्षका थिए ।

त्यसबारे छलफल गर्न बसेको बैठकपछि एक नेताले भने, “पार्टीको विधानअनुसार कुनै पनि सदस्यमाथि उजुरी परेको ६ महिनाभित्र अनुसन्धानको कारबाही भइसक्नुपर्छ ।

तर, अढाई वर्षपछि कारबाही भएको छ । यो कारबाही नै अवैधानिक छ । यो पक्षपातपूर्ण छ । यो गुटप्रेरित छ ।

पार्टीमा अर्को पक्षलाई पाखा लगाउने उद्देश्यले गरिएको छ । अर्को यो बहुमतको आधारमा गरिएको छ । अनुसन्धान समितिमा रहेका ५ जनामध्ये दुई जनाले नोट अफ डिसेन्ट लेखेका छन् ।”

सभापति, उपसभापति, महामन्त्रीबीच अहिले कारबाहीको प्रक्रिया अघि नबढाउने सहमति भएको ती नेता बताउँछन् ।

“केन्द्रीय समितिको बैठकपछि सभापति, उपसभापति, महामन्त्रीबीच बैठक बसेर अहिले कारबाहीको निर्णय बाहिर नल्याउने र प्रक्रिया अघि नबढाउने सहमति भएको छ,” उनले भने ।

साथै, शेखरलगायत नेताले यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्नेसमेत बैठकले निष्कर्ष निकालेको छ ।

“शालिन रुपमा कारबाहीको निर्णयको प्रतिवाद गर्नेछौँ,” ती नेताले भने ।

Page Views: 24
संबन्धित शिर्षकहरु
चट्याङ लागेर एक युवकको मृत्यु
काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama