कांग्रेसभित्र असन्तुष्टि बढ्दा पनि देउवाले गठबन्धनको बचाउ गरे

काठमाण्डू, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक समापन गर्दै वर्तमान सत्ता गठबन्धन पूरै कार्यकालसम्म चल्ने स्पष्ट सन्देश दिएका छन्।

उनको यो भनाइसँगै प्रधानमन्त्री केपी ओलीले राहत पाएका छन् भने, सरकार चाँडै ढल्ने अपेक्षा राखेको माओवादी केन्द्र आहत भएको छ।

बैठकमा कांग्रेसका केही नेताहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका थिए भने माओवादीले सरकार असफल भएको दाबी गर्दै आएको छ।

तर, देउवाको समर्थनपछि सत्ता गठबन्धन थप बलियो भएको एमालेको निष्कर्ष छ। बालुवाटारमा देउवा–ओली भेटपछि गठबन्धनलाई प्रभावकारी बनाउने सहमति भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *