भोजपुर, भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ।
प्रहरीले दिएको जानकारीअनुसार भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले ससुराली गएका बेला १५ वर्षीया श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका हुन्।
प्रारम्भिक अनुसन्धानमा मनिषालाई लिन जाँदा भएको विवादपछि सासूले छुरा हानेको आरोप लागेपछि आक्रोशमा आएर उनले सबैको ज्यान लिएको बयान दिएका छन्।