बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

पश्चिम नवलपरासी, बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु भएको हो ।

महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु. ४७ प. ४८७९ नम्बरको मोटरसाइकललाई लु.२ ख. ६५४ नम्बरको बसले ठक्कर दिएको हो ।

बससहित बसका चालक रामग्राम इमिलिटोल बस्ने वर्ष ३१ का सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागी पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *