अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढीमा १३ को मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी, अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौं घाइते भएका छन्।

अधिकारीहरूका अनुसार बाढीमा क्याम्पमा रहेका २० भन्दा बढी छात्रा हराइरहेका छन्। स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएका धेरै कार्यक्रमहरू रद्द गरिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ग्वाडोलाप नदी ४५ मिनेटमा २६ फिट माथि उठेको थियो। उद्धार कार्यमा हेलिकोप्टर, नौ वटा टोली र स्थानीय बासिन्दाहरू सक्रिय छन्।

केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको बताइएको छ। हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *