धनौजी गाउँपालिकाका तात्कालीन अध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा, ३१ करोड बिगो

काठमाण्डू, धनुषाको धनौजी गाउँपालिकाका तात्कालीन अध्यक्ष बद्रीनारायण सिंह, उपाध्यक्ष रामवतिदेवी मण्डलसहित ९ जना र एक कन्स्ट्रक्सन कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुले बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्‍य रुपमा एउटै निर्माण व्‍यवसायीबाट तीनवटा निर्माण व्‍यवसायीको नामले टेन्डर गरेर कमिसन लिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

आरोपपत्रमा कार्यपालिकाका तात्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डल, अर्का तात्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, सब(इन्जिनियर छोटे मण्डल, योजना शाखाका तात्कालीन प्रमुख नासु नरेशकुमार मण्डल, लेखापाल राधेश्याम राय, तात्कालीन सह(लेखापाल विनोदकुमार मण्डल, एकता सप्लायर्स एण्ड
कन्स्ट्रक्सन प्रा।लि। र त्यसका सञ्चालक ईन्द्रेशकुमार सिंहलाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुले ३१ करोड ३४ लाख ७७८ रुपैयाँ बराबरको सरकारी सम्पत्ति हिनामिना गरेको अख्तियारको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *