नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने

नवलपुर, नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबारदेखि सञ्चालना आउने भएको छ ।

सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वरबहादुर रिजालका अनुसार आज बिहान ११ बजेदेखि नयाँ पुलबाट सबै खाले सवारी साधनले यात्रा गर्न पाउने भएका हुन् ।

पुलको ढलान भएको करिब चार हप्तापछि पुल भएर नियमित रूपमा यातायात सञ्चालन हुने भएको हो ।

चिनियाँ निर्माण कम्पनी, परामर्शदाता तथा आयोजनाबीच भएको छलफलअनुसार पुल मार्ग खुला गरिने जानकारी दिए ।

गत २६ पुस गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासको पुरानो फलामे पुल भाचिँएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो ।

डाइभर्सन पनि खोलाले पटक–पटक बगाएपछि यो मार्ग भएर यात्रा गर्न निक्कै कष्टकर भएको थियो ।

पछिल्लो पटक असार ७ गते विनयी खोलाले बस नै बगाएपछि नयाँ डाइभर्सन बनाइएको थिएन ।

जसका कारण साना तथा हलुवा सवारी साधन वैकल्पिक मार्गबाट ओहोरदोहोर गर्ने गरेका थिए भने ठुला तथा मालवाहक सवारी साधन भने तीन चार दिन कुरेर खोलाको बहाव घटेपछि आवतजावत गरिरहेका थिए ।

अब नयाँ पुल सञ्चालनमा आएपछि भने यात्रु र चालकले केही राहत पाउने छन् भने डाइभर्सन र वैकल्पिक भाटोको भर पर्नु पर्ने छैन ।

तर, दुम्किवासको समस्या समाधान भए पनि दाउन्नेको झन्झट भने कायमै रहेको छ ।

आयोजना प्रमुख रिजालले अव डाउन्नेमा बर्खाअघि बाटो विस्तारको काम नहुने र मर्मत मात्र हुने भएकाले बर्खाभरी समस्या हुन सक्ने बताए ।

यहाँ हल्का पानी परेको बेला उकालोमा चिप्लिएर गाडी गुड्न नसक्ने र बाटोमा गाडी फस्ने गरेका भएकाले समस्या यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *