Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गोल मेसिन साम्बाको ह्याट्रिक, श्रीलंकाको पोस्टमा नेपालको ८ गोल

- shuvadmin / बिहिबार, असार १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लगातार दोस्रो ह्याट्रिक गरेको खेलमा नेपाल श्रीलंकाविरुद्ध विजयी भएको छ ।

श्रीलंकामाथि ८–० गोलअन्तरको फराकिलो जीत निकाल्ने क्रममा साम्बाले पहिलो हाफमै ह्याट्रिक पूरा गरिन् ।

एएफसी महिला एसियन कप छनोटको दोस्रो खेलमा बुधबार नेपालले श्रीलंकालाई पारजित गरी महत्वपूर्ण तीन अंक जोडेको हो ।

यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि पनि ९–० को फराकिलो अन्तरको जीत हात पारेको थियो । सो खेलमा सावित्राले चार गोल गरेकी थिइन् ।

बुधबार नेपालको जितमा साम्बाले ह्याट्रिकको सफलता प्राप्त गर्दा गीता रानाले २, तथा निशा थोकर, रेखा पौडेल र पूजा रानाले समान १ गोल गरे ।

उज्वेकिस्तानको राजधानी तास्केन्तको बुन्योदकोर स्टेडियममा भएको खेलको १२ औं मिनेटमा नेपालले गोलको खाता खोल्यो ।

अनिता बस्नेतको कर्नरमा गीता रानाको हेडरले सही दिशा लियो । नेपालले खेलको २० औं मिनेटमा अग्रता दुगुना गरेको थियो ।

समीक्षा घिमिरेको क्रसमा श्रीलंकाकी गोलकिपर साकुरा सेबान्डीले पन्च गरेको बल अनिताले साम्बालाई दिइन्। साम्बाले बक्स भित्रबाट गोल गरिन् ।

२६ औं मिनेटमा प्रीति राईको लङ रेन्ज प्रहारलाई श्रीलंकाकी गोल किपरले साकुरा सेबान्डीले बचाइन् । यसपछि खेलको ३१ औं मिनेटमा साविता राना मगरको क्रस बारमा लागेर फर्कियो ।

खेलको ३६ औं मिनेटमा कप्तान साम्बाले फ्रि–किकमा सिधै गरेको गोलले मान्यता पाएन । तर, उनले ४२ औं मिनेटमा सुन्दर गोल गरिन् ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा साम्बाले ह्याट्रिक पूरा गरिन् । सविताको क्रसमा साम्बाको हेडरले सही दिशा लियो ।

६० औँ अन्तर्राष्ट्रिय खेलमा साम्बाको यो ६४ औँ अन्तर्राष्ट्रिय गोल हो । साम्बा उत्कृष्ट लयमा देखिएकी छिन् ।

खेलको ५३ औं मिनेटमा श्रीलंकाकी सचिना डि सिल्भाले नेपालकी रश्मिलाई बक्सभित्र लडाएपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिइन् ।

गीताले पेनाल्टीमा गोल गरिन् । खेलमा त्यो व्यक्तिगत दोस्रो गोल थियो । खेलको ६२ औं मिनेटमा नेपालले श्रीलंकाविरूद्ध आधा दर्जन गोल पूरा गरेको थियो ।

अनिताको कर्नरमा निशा थोकरको हेडर गोल पोस्टमा छिर्‍यो । निशाको त्यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

लगातरको दोस्रो जितमा नेपालले ६ अंक बनाएको छ । अब नेपालले शनिवार समूहको अन्तिम तथा निर्णायक खेल घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । सन् २०२६ मा अस्ट्रेलियामा हुने एसियन कपको लागि ३४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । अन्तिम चारमा १२ टोली सहभागी हुनेछन् । प्रत्येक समूहको विजेता छनोट हुनेछन् ।

आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने छनोट भइसकेका छन् ।

Page Views: 25
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama