काठमाण्डू, मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको खेलमा भुटानविरुद्ध नेपालले पहिले ब्याटिङ रोजेको छ ।
क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
प्रतियोगितामा अहिलेसम्म भएका तीनै खेल जितेको नेपालले सेमिफाइनल खेल्ने पक्का भइसकेको छ ।
पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले हरायो । तेस्रो खेलमा ३७० रनको विशाल अन्तरमा इन्डोनेसियालाई हराएको थियो ।
समूह ए मा ३ खेलमा ६ अंक जोडेर नेपाल र ४ खेलबाट ३ जितसहित ६ अंक जोडेर सिंगापुर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
यू-१६ इस्ट जोन कपमा १० टोली प्रतिस्पर्धामा छन् ।