तस्बिरमा अझै पुनः निर्माण हुन नसकेका बाढीले बगाएका पनौतीका संरचनाहरू

काभ्रे, काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरू अझै पुनः निर्माण हुन सकेका छैनन् ।

गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो ।

पनौती नगरमा बाढी पहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो ।

उक्त क्षेत्रमा क्षेत्रमा बर्खा लागेसँगै भइरहेको अविरल वर्षाका कारण पुन बाढी आउन सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *