सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

तस्बिरमा अझै पुनः निर्माण हुन नसकेका बाढीले बगाएका पनौतीका संरचनाहरू

काभ्रे, काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा बाढीले बगाएका संरचनाहरू अझै पुनः निर्माण हुन सकेका छैनन् ।

गत असोज १० देखि १३ गते तीन दिनसम्म परेको वर्षाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रमा ठुलो क्षति भएको थियो ।

पनौती नगरमा बाढी पहिरोका कारण १८ जनाको मृत्यु भएको थियो । पाँच सय ८६ घर पूर्ण तथा नौ सय ४४ घर आंशिक क्षति पुगेको थियो ।

उक्त क्षेत्रमा क्षेत्रमा बर्खा लागेसँगै भइरहेको अविरल वर्षाका कारण पुन बाढी आउन सुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *