काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ ।
आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.७८ अंकले बढेर २ हजार ६००.७६ विन्दूमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले बढेर ४४५.०७ विन्दूमा पुगेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ६ अर्ब ४७ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिन भने ९ अर्ब १४ करोड बढीको कारोबार भएको थियो ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो ।
व्यापार समूहमा लगानीकर्ताको आकर्षण देखियो । यो समूह आज २।७२ प्रतिशतले बढ्यो ।
यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, फाइनान्स ०.६८, होटल ०.८५,हाईड्रो ०.६५, लगानी ०.३५ र लघुवित्त समूह ०.०९ प्रतिशतले बढ्यो ।
उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०।५८ प्रतिशतले घट्यो ।
विकास बैंक समूह पनि ०.१०, जीवन बीमा ०.२७, म्युचुअल फण्ड ०.३३, निर्जीवन बीमा ०.१८ र अन्य समूह ०.२१ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५२ करोड १८ लाख बढीको कारोबार भयो ।
बुटवल पावरको पनि आज ४२ करोड १७ लाख, ङादी ग्रुप पावरको ३३ करोड ६० लाख, सानिमा माई हाईड्रोको २८ करोड ३८ लाख र हिमालयन पावर पार्टनरको २६ करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएकामध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
आज जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९८ प्रतिशतले बढ्यो ।
पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य पनि आज ९.४२ प्रतिशत,बरुण हाईड्रोको ५.२७, पाँचथर पावरको ५.१८ र राधी विद्युतको सेयरमूल्य ४.८६ प्रतिशतले बढ्यो ।
गुराँस लघुवित्तका लगानीकर्ताले आज सवाृधिक गुमाए । यो कम्पनीको सेयरमूल्यमा आज लोवर सर्किट लाग्यो ।
यस्तै पियोर इनर्जीको सेयरमूल्य ५.६८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ४.८६ र सप्तकोशी डेभलमपेन्ट बैंकको सेयरमूल्य ३.८६ प्रतिशतले ओरालो लाग्यो ।
