काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लामो समय लाइन बस्नुपर्ने कुराले नागरिकलाई सरकारसँग झोँक चल्ने गरेको बताएका छन्। सोमबार आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन्।
सरकारले उपलब्ध गराउने सेवासुविधा लिन लामो समय लाइनमा बस्नुपर्ने कुराबाट जनता आजित बनेको उनको भनाइ छ।
‘आम मान्छेलाई अहिले सरकारसँग सबैभन्दा झोँक चल्ने कुरा भनेकै लाइन बस्ने कुरा छ।
सरकारसँग जहाँ भेट भयो त्यहाँ रिस उठिहाल्छ। सरकार भनेको अलओभर राज्य हो।
स्टेटसँग जहाँ भेट हुनुपर्यो त्यहाँनिर रिस उठ्छ भने यसको सोलुसन के हो त भन्दा सकेसम्म स्टेटसँग भेट हुन नपर्ने बनाउने हो।
यदि भइहाल्यो भने पनि फिजिकल भेट हुन नपर्ने बनाउने हो।’
