Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निर्वाचनपछि राष्ट्रियसभामा माओवादी पहिलो, कांग्रेस दोस्रो, एमाले तेस्रो स्थानमा

- shuvadmin / मङ्गलबार, पुष २४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौ, राष्ट्रियसभा सदस्यको १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन् ।

सत्ता गठबन्धन विपक्षीसँग प्रतिस्पर्धा गरेरै अघि बढ्ने भएको छ । यसको पुष्टि उनीहरूले सिट भागबण्डासँगै मनोनयन दर्ताबाट गरिसकेका छन् ।

दलहरूले केही नेतालाई प्रत्यक्ष निर्वाचनमा हारे पनि राष्ट्रिय सभामा व्यवस्थापन गर्न खोजेका छन् । व्यवस्थापनमा गठबन्धनको सदाशयता पाएका नेता हुन्, कांग्रेसका कृष्णप्रसाद सिटौला ।

उनले कोशीबाट मनोनयन दर्ता गराएका छन् । आफ्नै दलभित्र गुटको भागबण्डामा सहमति नहुँदै उनको टिकट पक्का भइसकेको थियो ।

सत्ता गठबन्धन दलहरूले आफ्नो भागमा परेको सिटका लागि मात्र उम्मेदवारी दर्ता गराए । प्रमुख प्रतिपक्षी एमालेले १९ सिटमै प्रतिस्पर्धा गर्दैछ ।

आगामी २० फागुनमा पदावधि पूरा हुने राष्ट्रिय सभाका २० सदस्यमध्ये धेरै अर्थात् ९ जना एमालेका छन् । यसमा निर्वाचित ८ छन् भने राष्ट्रपतिले मनोनीत गरेका एकजना छन् ।

गुमेको सिटमा एमाले फर्किने सम्भावना निकै कम छ । निर्वाचनमा पार्टीको निर्देशनअनुसार मतदाता इमानदार भए १९ सिटमै गठबन्धन दलको वर्चस्व हुने देखिएको छ ।

राष्ट्रपतिले मनोनीत गर्ने सदस्य पनि गठबन्धनभित्रकै नेताको भागमा जाने पक्का छ ।

राष्ट्रिय सभामा अब माओवादी केन्द्र सबैभन्दा ठूलो दल हुने देखिएको छ । माओवादीबाट हाल उपाध्यक्षसमेत १५ जना छन् ।

तीनजना फागुन २० मा बिदा भए पनि ६ जना निर्वाचित भए माओवादी सांसदको संख्या १८ पुग्नेछ ।

राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । जसमा चारजना २० फागुनमा बिदा हुँदै छन् । गठबन्धनको योजनाअनुसार नतिजा आए कांग्रेसका १० जना निर्वाचित हुनेछन् ।

यो अवस्थामा १६ सिटसहित कांग्रेस राष्ट्रिय सभाको दोस्रो ठूलो दल बन्नेछ । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डामा दुई सिट पाएको छ ।

दुई सांसद फागुन २० बाट बिदा हुँदा त्यही सिट पदपूर्तिले एकीकृत समाजवादीका लागि यो निर्वाचन खासै लाभहानिको देखिँदैन ।

जबकी अहिले १८ सांसदसहित ठूलो दल रहेको एमाले भने तेस्रो हुने देखिएको छ । ९ सांसद घटेपछि उसका ९ जना बाँकी हुनेछन् ।

नयाँ संविधान जारीसँगै तीन तहको सरकारको अभ्यासमा मुलुकले अझै धेरै कानुन बनाउनै बाँकी छन् । समाजमा पछाडि पारिएका वर्गको पहुँच अझैसम्म सुनिश्चित भइसकेको छैन ।

निर्वाचन आयोगका अनुसार सोमबार दर्ता भएका ५२ मनोनयनमा महिला समूहतर्फ १८, दलिततर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ जनाको छ ।

सबैभन्दा धेरै मनोनयन बागमती प्रदेशमा परेको छ । महिला चार, दलित तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि चार र अन्य समूहका लागि चारजना गरी १५ जना उम्मेदवारको मनोनयन परेको छ ।

कोशी र मधेश प्रदेशमा महिला दुई र अन्य समूहका लागि तीन गरी पाँच÷पाँच जनाको मनोनयन दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई र अन्य समूहका तीनजना गरी जम्मा ८ जनाको मनोनयन दर्ता भएको छ ।

लुम्बिनीमा महिला तीन, अन्य समूहका लागि चारसहित सात जनाको मनोनयनपत्र दर्ता भएको छ ।

कर्णालीमा महिला दुई, दलित समूहका लागि दुई र अन्य समूहका लागि दुई गरी जम्मा ६ जनाको मनोनयन दर्ता भएको छ ।

सुदूरपश्चिममा महिला दुई, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि दुई र अन्य समूहका दुई गरी ६ जनाको मनोनयनपत्र दर्ता भएको छ ।

आयोगले २४ पुसमा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते निर्वाचन चिन्ह वितरण गर्ने आयोगको कार्यतालिका छ ।

निर्वाचनका लागि आयोगले मतदाता र मतभार आइतबार सार्वजनिक गरिसकेको छ । जसअनुसार सातै प्रदेशमा प्रदेश सभाका मतदाता ५ सय ४९ छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ छन् ।

प्रदेश सभामा प्रति मतदाताको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ छ । स्थानीय तहको प्रति मतदाताको १९ मतभारका दरले जम्मा मतभार २८ हजार ४ सय ६२ छ ।

दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ छ ।

Page Views: 27
संबन्धित शिर्षकहरु
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama