काठमाण्डू, प्रधानमन्त्री केपी ओली र ब्राजिलियन चर्चित फुटबल खेलाडी रोबर्टो कार्लोसबीच भेटघाट भएको छ ।
बुधवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग फुटबल खेलाडी रोबर्टो कार्लोसले भेट गरेका हुन् ।

नेपाल सुपर लिग हेर्न मंगलवार नेपाल आएका ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी कार्लोस र प्रधानमन्त्री ओलीबीचको भेटमा नेपालमा खेलकुद क्षेत्रको उन्नयनका बारेमा छलफल भएको छ ।
५२ वर्षका कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको टोलीबाट खेलेका थिए ।
कार्लोस शुक्रवार नै नेपाल आउने कार्यक्रम रहेपनि स्वास्थ्य अवस्थाका कारण आउन सकेका थिएनन् ।
ब्राजिलले सन् २००२ को विश्वकप जित्दा कार्लोस महत्वपूर्ण खेलाडी थिए ।