काठमाण्डू, सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सो आदेश दिएको हो । यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।
उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।
२९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।
उनका तर्फबाट श्रीमती निकिता पौडेलले निवेदन दर्ता गराएकी थिइन् ।