Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू-१९ विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

- shuvadmin / आइतबार, चैत ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा यूएईलाई डकवर्थ लुईस पद्धिति (डिएल मेथड) अनुसार ५ रनले हराउँदै आयोजक नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।

यूएईका लागि किरण राईले अविजित १०४ रनको शतकीय पारी खेले । अविजित रहेका उनले ९६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।

यस्तै, मोहम्मद रायन खानले ३५ तथा करण धिमन १५ रनमा आउट भए ।

अन्य ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि सन्तोष र अशोक धामीले दुईरदुई तथा अभिषेक तिवारी र कप्तान नरेन भट्टले एकरएक विकेट लिए ।

नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको यूएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।

त्यसअघि मूलपानी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो ।

नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ७५ बलमा सात चौकासहित ६७ रनको महत्वपूर्ण पारी खेले ।

यस्तै, दिलशाद अलीले ४० बलमा‌ एक छक्कासहित‌ ३४ रन जोडे । त्यस्तै, साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन‌ जोडे ।

यूएईका उदिश सुरीले तीन, सालोम डिसुजा र युग शर्माले दुई/दुई विकेट लिए । यो जितपछि नेपालले दुई अंक जोडेको छ ।

जारी विश्वकप छनोटमा नेपाल र यूएईसँगै अफगानिस्तान, ओमान र हङकङ पनि प्रतिस्पर्धा गर्दैछन् ।

विजेता टिमले सन् २०२६ मा हुने यू–१९ विश्वकप खेल्नेछ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama