भारतामा जारी आईपीएलमा दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले ४ खेलमा शतप्रतिशत जीत हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै दिल्लीले जितको यात्रा कायमै राखेको हो ।

घरेलु टोली बैङ्गलोरले दिएको १६४ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १६९ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । शतक बनाउनबाट थोरैले चुकेका उनले अविजित ९३ रन बनाए ।

उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए । यस्तै ट्रिस्टन स्टुब्सले अविजित ३३ रन बनाएपछि दिल्लीले लक्ष्य सहजै भेट्टायो ।

बैङ्गलोरका लागि भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए ।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

बैङ्गलोरका फिल साल्टले सर्वाधिक ३७ रन बनाए । दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले २/२ तथा मुुकेश कुमार र मोहित शर्माले १र१ विकेट लिए ।

सबै खेलमा जीत हासिल गर्नका बाबजुद दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसले ८ अङ्क जोडेको छ ।

पहिलो स्थानमा गुजरात टाइटन्स छ । समान अङ्क भएपनि गुजरात नेट रनरेटले अगाडि छ । गुजरातले १ खेल बढी खेलेको छ ।

पराजित बैङ्गलोर ६ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *