वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलन हुने

काठमाण्डू, नेपाली मौलिक खानाको विविधता, परम्परागत स्वाद, र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले आगामी वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डमा अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलन हुने भएको छ ।

नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा विश्वभर रहेका नेपाली सेफहरू एकै ठाउँमा भेला हुने छन् ।

सम्मेलनमा नेपाली खानाको प्रवर्द्धन, गुणस्तर सुधार र सेफहरूको क्षमता विकासमा योगदान दिने बताइएको छ ।

सम्मेलनका अरुण संयोजक अधिकारीले नेपालका मौलिक परिकारहरूलाई विश्व बजारमा पुर्‍याउन र नेपाली सेफहरूको पहिचान निर्माण गर्न यो सम्मेलनले एउटा ठूलो मञ्च तयार गर्ने बताएका छन् ।

फेस्टिभलमा विभिन्न पारम्परिक तथा क्षेत्रीय परिकारहरूको प्रदर्शनी, सेफहरूको प्रस्तुति, अन्तरक्रिया कार्यक्रम तथा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएका छन्।

सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *