Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ: प्रधानमन्त्री ओली

- shuvadmin / बुधबार, चैत २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

अर्घाखाँची, प्रधानमन्त्री केपी ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताएका छन् ।

अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शङ्का नरहेको प्रष्ट पारेका हुन् ।

‘‘यो भूमि पावन छ, पुण्य छ, देवभूमि हो । यहाँबाटै ज्ञानको सुरुवात भयो,’’ प्रधानमन्त्री ओलीले भने, ‘‘विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मनु भएको हो । अरू सबै व्याकरणहरूले पाणिनिको सूत्रलाई आधार मानेका छन् ।’’

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भरहेको बताए ।

उनले भने, ‘‘पाणिनिको व्याकरणपछि भाषा सरल बन्दै गयो, छन्दको सुरुवातसँगै सङ्गीत र लयको विकास भयो ।’’

प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, सिङ्ग ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समूचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे ।

नेपाल सरकारले यस क्षेत्रको विकासका लागि ध्यान दिएको स्पष्ट पार्नुभयो । धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न जोड दिने बताए ।

प्रधानमन्त्री ओलीले पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको बताएका छन् ।

उनले भने, ‘‘ऋषिहरू ध्यान र तपस्याका लागि उपयुक्त भूमि खोज्थे, व्याकरण बनाउन सजिलो ठाउँ हेरेर गएका होइनन् । शिवका डमरुको ध्वनि सुनेर व्याकरण सृजना गर्ने पाणिनिको साधना यहीँ भएको हो ।’’

Page Views: 32
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama