Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भिजन लुम्बिनी उर्जा कम्पनीलाई आइएसओ प्रमाणपत्र

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ ।

आइतबार काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डहरु पुरा गरेकाले कम्पनीले आईएसओ ९००१–२०१५ गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरेको हो ।

बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको वोर्डले भिजन लुम्बिनीको आर्थिक, प्रशासनिक, कार्यसम्पादन, परियाजनाको विकास तथा डिजाईन, निर्माण लगायतको मुल्यांकन गरेर प्रमाणपत्र प्रदान गरेको कम्पनीका कार्यकारी निर्देशक जगत पोखरेलले जानकारी दिए ।

काठमाण्डूमा कार्यालय रहेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्रमाणपत्र ग्रहणका लागि कार्यकारी निर्देशक पोखरेलले कम्पनी सञ्चालनमा विश्वस्तरको मुल्य मान्यता र मापदण्डहरु पालना गर्न भिजन लुम्विनी प्रतिवद्ध रहेको बताएका थिए ।

धेरै जनाको लगानी रहेको कम्पनी भएकाले पनि यस कम्पनीले पारदर्शीता र सुशासनलाई केन्द्रमा राखेको उनको भनाई थियो ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले भिजन लुम्बिनी उर्जा कम्पनीले झै सबै उर्जा कम्पनीहरुले यस्तो प्रमाणपत्र लिनु पर्नेमा जोड दिए ।

उर्जा कम्पनीहरुले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने प्रवृत्तिको विकास गरियो भने उर्जा क्षेत्रमा देखिएको आशंका र आलोचनाहरुलाई न्यूनिकरण गर्न सहयोग गर्ने उनको भनाई थियो ।

अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नेगरी पहिलेदेखि नै काम गर्दै आइरहेको भिजन लुम्बिनीले अहिले प्रमाणपत्र पाएर त्यसलाई पुष्टि गरेको बताएका छन् ।

उनले अन्तर्राष्टिय गुणस्तर चिन्ह र प्रमाणपत्र पाएपछि भिजन लुम्बिनीमा गरिएको लगानी दुरुपयोग हुदैन भन्ने सुनिश्चिता भएको उल्लेख गरे ।

कार्यक्रममा प्रमाणपत्र प्रदान गर्नका लागि मुल्यांकनको जिम्मेवारी लिएको संस्थाका प्रतिनिधि सन्तोष गिरिले तीन महिनासम्म कम्पनीको सर्वपक्षीय मुल्यांकन गरेर मात्रै अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिएका थिए ।

भिजन लुम्बिनी उर्जा कम्पनी सेतीखोला जलविद्यूत परियोजना सम्पन्न गर्दा अन्य परियोजनाको तुलनामा निकै छिटो काम सम्पन्न गरेको, मितव्ययी र पारदर्शी भएको, सामान्य नागरिकलाई पनि विद्युत परियोजनाको मालिक बनाएको, कुनै विवाद र अवरोध विना काम सम्पन्न गरेको लगायतका विषेशता भएको कम्पनीको रुपमा चिनिदै आएको छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama