Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुनसरीको तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुँदै, पुरस्कार राशी एक लाख ७० हजार

- shuvadmin / आइतबार, चैत २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इटहरी, सुनसरीको तरहरामा हुन लागेको राष्ट्रिय कविता प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

२०८२ वैशाख १२ गते शुक्रवारका दिन इटहरीको तरहरामा हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्था श्रीजन सहयोग २०५० समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए।

कवि नारायण पौडेलको स्मृतिमा आयोजित तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूले धमाधम कविता पठाइरहेका छन।

प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार दुई जनालाई क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरिनेछ ।

यसैगरी छनोट भएका मध्ये अन्य पाँच जनालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएकाले उनको भनाइ छ ।

कविता २०८१ चैत मसान्तम्म पठाउन सकिने 

सार्वजनिक सूचनाअनुसार कविता समसामयिक विषयमा, नेपाली भाषामा लेखिएको हुनुपर्ने, गद्य वा पद्यमा रचित बढीमा तीन सय शब्दसम्मको हुनुपर्ने, मौलिक र अप्रकाशितरअप्रसारित हुनुपर्ने, प्रतियोगी कविहरूले हालसालै खिचेको एक प्रति रङ्गीन फोटो, सम्पर्क ठेगाना र मोबाइल नम्बर कवितासँगै अनिवार्य पठाउनुपर्ने कार्यक्रम संयोजक मुक्तिनाथ घिमिरेले बताए ।

उनका अनुसार प्रतियोगिताका निम्ति प्राप्त भएका कविताहरूलाई विज्ञहरूको तीन चरणको मूल्याङ्कन पद्धतिबाट छनोट गरी उत्कृष्ट १० कविलाई २०८२ वैशाख १२ गते तरहरामा आयोजना हुने कार्यक्रममा वाचनपश्चात् पुरस्कृत गरिने छ ।

छानिएका उत्कृष्ट १० कविहरू सशरीर उपस्थित भएर कविता वाचन गर्नुपर्ने

नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवद्र्धन गर्दै व्यापक बनाउने इमानदार उद्देश्यले स्थानीय सरकार, संघ संस्था र व्यक्तित्वहरूको सक्रिय सहभागीतामा तरहरामा पहिलोपटक ‘राष्ट्रिय कविता प्रतियोगिता–२०८२’ आयोजना गर्न लागिएको हो।

देश तथा विदेशबाट नेपाली भाषामा लेखिएर सहभागी भइ छानिएका उत्कृष्ट १० कविता वाचन गरिने तय भएको घिमिरेको भनाइ छ ।

यस कार्यक्रममा स्थानीय लब्ध प्रतिष्ठित र राष्ट्रिय रूपमासमेत असल कर्मको कारणले चिनिएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिने आयोजकले तयारी गरेका छन।

खासगरी यो प्रतियोगिता कम्तीमा पाँच वर्ष निरन्तर आयोजना गरिने र आवश्यक तयारीसहित सुरू हुने साहित्यिक–सांस्कृतिक भेला नेपालकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको हुने आयोजकको दाबी छ ।

प्रतियोगिताका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने र उक्त रकम एसएलसी ब्याच २०५० बाटै व्यक्तिगत रूपमा उठाइने बताइएको छ ।

Norway
Page Views: 28
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
ताजा अपडेट
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
  • सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । भोलि बस्नेगरी पार्टीको बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए ।
  • उपभोक्ता समिति हटाउने प्रस्तावले साना विकास योजनामाथि खतरा: स्थानीय सहभागिता र रोजगारीमा असर पर्ने चिन्ता
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama