नेपाल १ रनले पराजित, एक खेलअगावै अफगानिस्तानले जित्यो युथ ओडीआई सिरिज

काठमाण्डू, नेपालले ३ खेलको युथ ओडीआई सिरिज अफगानिस्तानलाई सुम्पेको छ ।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो ।

पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो ।

नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो ।

अन्तिम बल नो-बल भएपनि दर्श सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।

नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टले १३ रन बनाए ।

बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २/२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो ।

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *