भोलिदेखि देशभर शैक्षिक हड्तालमा उत्रिए शिक्षक

काठमाण्डू, शिक्षक कर्मचारीमैत्री शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ।

चार दिनदेखिको निरन्तर आन्दोलनलाई अझ तीव्र बनाउँदै महासंघले अब सम्पूर्ण विद्यालय बन्द गरी राजधानीको सडकमा उत्रन आह्वान गरेको हो।

हड्तालको प्रभावले माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षणसमेत ठप्प हुने भएकाले नतिजा प्रकाशनमा ढिलाइ हुने पक्का देखिएको छ।

महासंघले पठनपाठन, उत्तरपुस्तिका परीक्षणदेखि नतिजा प्रकाशनसम्मका सबै शैक्षिक गतिविधि स्थगित गर्न अपिल गर्दै हड्ताल सफल बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *