Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतमा जारी आइपीएलमा लखनउको दोस्रो जीत, मुम्बईको तेस्रो हार

- shuvadmin / शनिबार, चैत २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जायन्टले दोस्रो जीत दर्ता गरेको दिन मुम्बई इन्डियन्सले भने तेस्रो हार व्यहोरेको छ ।

शुक्रबार लखनउमा भएको खेलमा मुम्बईलाई १२ रनले हराउँदै लखनउले दोस्रो जीत हात पारेको हो ।

लखनउले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो ।

सूर्यकुमार यादवले सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । उनले ४३ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

नमन धिरले ४६ रन थपे । कप्तान हार्दिक पाण्ड्या २८ र तिलक वर्मा २५ रनमा पेभेलियन फर्के ।

त्यसअघि मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लखउनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३ रनको योगफल तयार पारेको थियो ।

ओपनर मिचेल मार्स ६० रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे । अर्का ओपनर एडेन मक्रम ५३ रन बनाउँदा हार्दिक पाण्ड्याको बलमा क्याच आउट भए ।

हार्दिकले १२ रन बनाएका निकोलस पुरनलाई १२ रन बनाउँदा क्याच आउट गराए । आयुष बाडोनी २९ र डेविड मिलर २७ रन बनाउँदा पेभेलियन फर्के ।

मुम्बईका हार्दिक पाण्ड्याले ५ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । उनले आफ्नो स्पेलमा ३६ रन खर्चे ।

जितसँगै २ खेलमा जित र २ खेलमा हार भोगेको लखनउ ४ अंकमा तालिकाको छैटौँ स्थानमा छ ।

समान खेलबाट १ खेलमा जित र ३ खेलमा हार भोगेको मुम्बई २ अंकमा सातौँ स्थानमा छ ।

आइपीएलमा आज शनिबार दुई खेल हुँदैछन् । दिनको पहिलो खेलमा चेन्नइ सुपर किंग्स र देल्ली क्यापिटल्स भिड्नेछन् ।

सो खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । शनिबार कै दोस्रो खेलमा पञ्जाब किंग्स र राजस्थान रोयल्स खेल्नेछन् । यो भने राति पौने आठ बजे सुरु हुनेछ ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama