Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

डढेलोमा परेर पाँचथरको कुम्मायकमा एकको निधन, पाँच जना घाइते

- shuvadmin / शुक्रबार, चैत २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

फिदिम, पाँचथरको कुम्मायकमा डढेलोमा पर्दा गम्भीर घाइते भएकी २२ वर्षीया प्रतीमा सम्वाहाम्फेको निधन भएको छ ।

उनको उपचारका लागि धरान लैजाँदै गर्दा धनकुटा स्थित भेडेटार नजिक पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।

उनका अनुसार कुम्मायक गाउँपालिका ३ ताम्राखुका अमरसिंह थापा र पदम खड्काको निजी बनमा लागेको डढेलोमा पर्दा घाइते भएका स्थानीय २८ वर्षीया सपना सम्बाहाम्फे,उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाम्फ र ६० वर्षीया निरमाया सम्बाहाम्फेलाई उपचारार्थ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।

उनीहरूको पनि अवस्था चिन्ताजनक रहेको बताइएको छ । आगो निभाउने क्रममा कुम्मायक १ का धनबहादुर विश्वकर्माको पनि खुट्टा भाँचिएको छ ।

यस्तै फिदिम नगरपालिका १३ जौवारिको जङ्गलमा बिहीबार मध्यान्ह लागेको डढेलोमा पर्दा ४७ वर्षकी स्थानीय उषाकला नेम्वाङ राई गम्भीर घाइते भएका छन् । ।

उनी जङ्गलमा दाउरा खोज्न गएका बखत सल्केको डढेलोमा पर्दा जलेका हुन् ।

नेम्वाङलाई पाँचथर अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

उनको पनि अवस्था गम्भीर छ ।

Page Views: 43
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama