काठमाण्डू, चैत १५ गते तीनकुने र कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाई नेतृत्वमा भएको राजावादी प्रदर्शनका क्रममा भाटभटेनी सुपरस्टोरमा भएको लुटपाटमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसंयोजक राजकुमार राई पनि रहेको खुलासा भएको छ।

अमेरिकाबाट पीएचडी गरेका राई सीसीआरसी कलेज, बालकुमारीका निर्देशकसमेत हुन्।

प्रहरीका अनुसार उनी चैत १५ गते कोटेश्वरको भाटभटेनी सुपरस्टोरबाट महँगा ब्रान्डका ब्ल्याक लेबल, ब्यू लेबलजस्ता ह्विस्की चोरी गरिरहेको अवस्थामा सीसीटीभी फुटेजमा देखिएपछि पक्राउ परेका हुन्।

खोटाङको रावाबेसी गाउँपालिका-१ निवासी राईलाई पक्राउ गरिएको जानकारी जिल्ला प्रहरी परिसर, काठमाडौँले जानकारी दिएको हो।

प्रहरी स्रोतका अनुसार, भाटभटेनी लुटपाटका क्रममा भीडलाई उत्तेजित पार्ने कार्यमा पनि राई संलग्न थिए।

पक्राउ परेपछि राईको फेसबुक पेज डिएक्टिभेट गरिएको छ भने उनको मोबाइल पनि स्वीचअफ छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले लुटपाटमा संलग्न राईसहितका अन्य व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप गरिएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *