टोखामा ट्रकमा भेटिएको २५ करोडको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका नारायण पौडेल

काठमाण्डू, काठमाडौंको टोखा स्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ।

राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको हो।

पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ।

गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो।

चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *