पूर्वराजामा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन् । पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपर्दैन रु भन्दै उहाँले प्रश्न समेत गरे ।

उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गरे ।

उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिलाई सुधार गर्दै जानुपर्ने बताएका छन् ।

०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलमा दलको नेतृत्व परिवर्तन हुने उनले दाबी गरेका छन् ।

तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानबिन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *