सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

ज्ञानेन्द्रले जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारीमा महानगर

काठमाण्डू, पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र बुझ्न नमानेपछि हुलाकबाट पठाउने तयारी गरेको छ ।

जरिवाना पत्र बुझ्न नमानेपछि आइतबार निर्मल निवास पुगेको काठमाडौं महानगरपालिकाको टोली फर्किएको थियो ।

“त्यहाँ ९निर्मल निवास०मा पत्र बुझ्न मानेनन् । अब हुलाकबाट पठाउने तयारी हुँदैछ,” महानगर स्रोतले भन्यो ।

शनिबार महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो ।

राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो ।

ज्ञानेन्द्रकै निर्देशनमा राजावादी प्रदर्शन भएको भन्दै महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिर्न भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *