दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि तीनकुने क्षेत्रमा कर्फ्यू जारी

काठमाण्डू, काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यू जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोककुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *