सरकारविरुद्ध सर्वोच्च पुगे कुलमान

काठमाण्डू, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।

गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन्।

सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिए। उनले सर्वोच्चमा रिट आएको हेर्न नभ्याइएको जानकारी दिए।

‘रिट आइपुगेको छ। थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *