रियल्टर जितमान बस्नेतलाई अमेरीकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटको इलाइट अवार्ड

काठमाण्डू, अचल सम्पत्तिको कारोबार गर्दै आएका रियल्टर जितमान बस्नेतलाई अमेरीकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ ।

युनाइटेड रियल स्टेटले टेक्सासको डयालसमा शनिवार आयोजित पाँच सयभन्दा बढी रियल्टर उपस्थित सम्मेलनमा बस्नेतलाई सम्मान गरेको हो ।

बस्नेत अमेरिकाभरिकै २५ हजार रियल्टरमध्येबाट छनौटमा परेका थिए । सम्मान प्राप्त गरेपछि बस्नेतले भने, ‘‘यो निरन्तरको मेहनत र सबैको सहयोगकै कारण यहाँ पुगेको हुँ ।’’

नेपालमा पत्रकार र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका बस्नेत हाल अमेरिकामा पूर्णकालीन रियल्टरको रुपमा कार्य गर्दै आएका छन् ।

प्रवासमा नेपाली भाषा, संस्कृतिको जगेर्नामा लाग्दै आएका बस्नेतलाई यसै वर्ष हिमालयन कम्युनिटि नर्थक्यारोलिनाले पनि सम्मान गरेको छ ।

उनी विगत ३ वर्ष देखि नेपालमा मेची महाकाली सेतो छडी अभियानमा जुट्दै आएका छन् ।

दृष्टि गुमाएका र कान नसुन्नेहरुलाई सहयोग गर्ने उद्देश्य अनुसार नर्थ क्यारोलिना निवासी कर्मा शेर्पा गोलेसँग मिलेर यो अभियान शुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *