Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य हुँदैन : राष्ट्रपति पौडेल

- shuvadmin / सोमबार, चैत १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सोलुखुम्बु, राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई यही व्यवस्थाले दिएको बताएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताए ।

उनले भने. ‘‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’’

उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए ।

राष्ट्रपति पौडेलले भने– ‘‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौंको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।’’

राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे ।

उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताए । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो ।

टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०३१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए ।

उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न म सम्बद्ध सबैमा अपिल पनि गरे ।

राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्‍याएको बताए ।

उनले भने– ‘‘यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढंगले काम गर्न स्थानीय सरकार अझ बढि क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।’’

उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउदै यही भूगोलको सोलू र दूधकोशी नदीक्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए ।

blog

उनले भने–‘‘हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवम् अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदान महत्वपूर्ण छ ।’’

राष्ट्रपति पौडेलले राजधानी र मधेशबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुशी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको संघर्षको स्मरण गरे ।

राष्ट्रपति पौडेलले सगरमाथाको काख मात्र नभई डोल्पाको दुनैदेखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए ।

उनले भने– ‘नुन, तेल लिन भारी बोकेर कैयौँ दिन हिँड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो । लोकतन्त्रले यो परिवर्तनलाई हामीले भुल्न हुँदैन् ।’’

अब जनताको सेवामा लाग्नुपर्ने सुझाव

कार्यक्रमका विशिष्ट अतिथि रक्षा मन्त्री मानविर राईले जिल्लाको जनप्रतिनिधिका हैसियतले विकास निर्माणका काममा लागिपरेको बताए ।

सोलुको पर्यटनको विकासमा खुम्बुसम्म सडकसमेत पुगेकाले सहज हुने उनको धारणा छ ।

कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले अहिलेको सरकारले सम्भव भएसम्म जनताकै पक्षमा काम गरिरहेको बताए ।

अनेकौँ बाधा र चुनौतीका बावजुद पनि धेरै छोटो समयमा गाउँपालिकाले प्रशासनिक भवन बनाउन सफल भएकोमा प्रशंसा गर्दै पूर्वमन्त्री केसीले अब जनताको सेवामा लाग्नुपर्ने सुझाव दिए ।

प्रशासकीय भवन उदघाटनका क्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जनताका आवश्यकता धेरै भएकाले प्राथमिकताका आधारमा काम गरिरहेको बताए ।

नेपाल सरकार, जिल्ला समन्वय समिति सोलुखुम्बु र गाउँपालिकाको संयुक्त लगानीमा तोकिएको समयभन्दा छिटो भवन निर्माण गरेको जानकारी दिए ।

उनका अनुसार तीन करोड ७२ लाख रुपियाँको लागतमा ५ तले सुविधा सम्पन्न भवन तयार भएको हो ।

गाउँपालिका उपाध्यक्ष विना राईले राष्ट्रपति पौडेललगायतलाई स्वागत गर्दै जनताका आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले सोही अनुरुप काम गरिरहेको बताइन् ।

कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा सम्झौता गरी जेठ १६ बाट सुरु गरेको भवनको निर्माण कार्य २०८१ माघमा सम्पन्न भई निर्माण कम्पनी आरोन ओम बालाजी इआर रामेछापले गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।

Page Views: 20
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama