Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पालिका अध्यक्ष पक्राउपछि डोम परिवार विस्थापित, धम्की र गालीगलौजको त्रास

- shuvadmin / शनिबार, चैत ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिरहा, औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउपछि डोम परिवार विस्थापित भएको छ।

अध्यक्षका आफन्त र समर्थकले धम्की र गालीगलोज गरेपछि दीपक मरिक डोमको परिवार शुक्रबार रातिदेखि विस्थापित भएको हो।

विष्णु महायज्ञको नाममा गत फागुन १० गते औरही गाउँपालिका ५ मा रहेको दीपकको घर डोजर लगाएर भत्काइएको थियो।

घटना सार्वजनिक भएपछि संलग्न गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो।

अध्यक्ष यादव पक्राउ परेपछि उनका छोरासहित स्थानीयले दीपकको घरमा पुगेर गालीगलोज र धम्की दिएका थिए।

त्यसपछि दीपक र उनकी श्रीमती अनिता वडा नम्बर ४ कोमलपुरमा रहेको दलित आयोगका पूर्वसदस्य कवुली पासवानको घरमा शरण लिएका छन्।

उनीहरूका छोराछोरीहरूले भने औरही प्रहरी चौकीमा रात बिताएका छन्।

‘साँझ पालिका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि उहाँका छोरा रुकेशले केही महिलाहरूसहित आएर धाकधम्की र गालीगलोज गरे।

मेरी श्रीमती अनितालाई हिँड्न दबाब दिए।’ दीपकले भने, असुरक्षित महसुस भएपछि अनिता कवुली काकाको घरमा आइन्।

म पनि यतै बसेको छु। मेरा बालबच्चाले औरही प्रहरी चौकीमा रात बिताए।’

Page Views: 26
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama