Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने

- shuvadmin / सोमबार, चैत ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने निर्णय गरेको छ ।

भ्रष्टाचारजन्य कसुरका मुद्दामा सर्वोच्च अदालतबाट जफत हुने भनी भएका फैसला भएका व्यक्तिका घरजग्गालगायत चलअचल सम्पत्ति सरकारका नाममा ल्याउन गृह मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउने प्रक्रियासमेत अघि बढाएका छन् ।

गृह मन्त्रालय कानुन महाशाखाका प्रमुख, सहसचिव भरतमणि रिजालका अनुसार सर्वोच्च अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको हो ।

कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐन अनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउन मन्त्रीस्तरको निर्णय गरी सोको दाखिला खारेज मालपोत ऐन, २०३४, मालपोत नियमावली, २०३६ तथा जग्गा प्रशासन निर्देशिका, २०५८ बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित मालपोत कार्यालयमा पत्राचार गरी दाखिल खारेज गराई सरकारका नाममा सम्पत्ति कायम गर्ने निर्णय गरिएको पनि रिजालले जानकारी दिए ।

गृह मन्त्रालयका अनुसार पूर्वप्रशासक तथा कर्मचारीहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदी तथा उनीहरूका परिवारका सदस्यको नाममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने निर्णय भएको थियो ।

यसै गरी आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।

सहसचिव रिजालले भने , “पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ ।’’

उहाँले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भई हाल उक्त अध्यादेश कायम रहेको र प्रस्तुत अध्यादेशको दफा ३ मा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३ पछि थप भएको बताए ।

दफा ३ क मा सरकारबाट कार्यसम्पादन भएको मानिने व्यवस्था थप गरी प्रस्तुत ऐनमा संशोधन भई कायम गर्न दफा ३ क को उपदफा (१) को खण्ड (क), .ख) र (ग) बाहेकका विषयमा सम्बन्धित मन्त्री वा मन्त्रीले अधिकार प्रत्यायोजन गरेबमोजिम राजपत्राङ्कित विशिष्ठ श्रेणीको अधिकृतबाट सम्पादन भएको कार्य नेपाल सरकारबाट सम्पादन भएको मानिने गरी व्यवस्था भएकाले सोबमोजिम प्रतिवादीको सम्पत्ति जफत गर्ने निर्णय भएको बताए ।

जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानूनले दिएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गर्ने कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले जनाएको छ ।

Page Views: 22
संबन्धित शिर्षकहरु
२०८२ अन्तिम दिन घट्यो सेयर बजार
गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • २०८२ अन्तिम दिन घट्यो सेयर बजार
  • गृहमन्त्री गुरुङसँग ‘सम्हालिनसक्नु’ सम्पत्ति, भन्छन्- गरिब भएर जन्मिनु गल्ती होइन,
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama